
काठमाडौं । ठमेलमा अवस्थित होटल नेपालयमा जुवा खेल्दै गरेको स्थानमा प्रहरीले छापा मारि १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले गएराती जुवा खेलिरहेको अवस्थामा छापा मारेर १३ जनालाई ६ लाख नेपाली रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख जापनीज ऐन, २ सय २० अष्ट्रेलियन डलर ७ सय २५ अमेरिकी डलर पनि बरामद भएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
केही दिन अघि रानीपोखरी पोखरीले नक्सालस्थित होटल ओम गणपतिबाट पनि २५ लाखभन्दा बढी रकम सहित १६ जना जुवाडेहरुलाई पक्राउ गरेको थियो। उनीहरुलाई कानुन बमोजिम कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १२
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १२:३९ मा प्रकाशित