काठमाडौँ | नेपालीहरुको मुख्य पर्व तिहार सुरु भएको छ | फूल र दीपको उज्यालो पर्व, पाँच दिनसम्म धुमधामले मनाइने भएकोले अन्यपर्व भन्दा तिहार अझ बिशेष मानिन्छ | घर तथा महलहरु फूल र बत्तीले सिंगारेर मनाइने यो पर्व देउसी भैलोको रोचक कार्यक्रमले झनै बिशेष मानिन्छ | तिहार सुरु भएको पहिलो दिन अर्थात काग तिहारको दिन काठमाडौँ उपत्यकाको मुख्य ब्यापारिक क्षेत्रमा विभिन्न ब्यापारिक केन्द्रहरुमा तिहारलाई स्वागत गर्दै झिलिमिली बत्तीले सजाइएको पाइयो | शुक्रबार राति लाजिम्पाट, दरबारमार्ग, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड लगायतका स्थानमा तिहारको स्वागत यसरी गरेको पाइयो | हेर्नुहोस रामेश्वर कार्की र हरिशरण न्यौपानेद्वारा संकलन गरिएको फोटो कथा …
२०७३-कार्तिक १३
वि.सं.२०७३ कात्तिक १३ शनिवार ११:२४ मा प्रकाशित