back

“आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान

Kumari bank ad

काठमाडौ । रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर  दीपकराज गिरीद्धारा संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरेका छन् ।

कन्ट्रोल नं. ९०६७९०८०१७, ७७७९७४२१३८७, ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलक बहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ भाग्यशाली विजेता भएका थिए ।
विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो  र चौथो  हप्ताको लागि एक/एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको थियो ।

यहि असोज १, देखि ३०, सम्म संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी  रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएका थिए ।

योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाईज निश्चित  उपहारस्वरूप पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटी उपहारस्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,  विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०८:०४ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...