back
NMB ad

आज अमेरिकामा राष्ट्रपति निर्वाचनःआर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा

Kumari bank ad

काठमाडौ । ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठूला पार्टीअन्तर्गत डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वविदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार ‘रियलस्टेट बिलिनियर’ ७० वर्षीय डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् । ‘थर्ड पार्टी’ अन्तर्गत लिवर्टरियन पार्टीका तर्फबाट न्यु मेक्सिको राज्यका पूर्वरिपब्लिकन गभर्नर गेरी जोन्सन एवं ग्रीन पार्टीका तर्फ बाट डा. जिल स्टिन पनि ‘ह्वाइट हाउस’ प्रतिस्पर्धामा छन् ।

अन्तिम घडीमा दुवै उम्मेदवारले आफ्ना एजेन्डासहित प्रचारप्रसारलाई तीव्रता दिए । यस पटकका उम्मेदवार क्लिन्टन र ट्रम्पबीच नीति एवं कार्यक्रममा ठूलै भिन्नता रहे पनि प्रचारमा व्यक्तिगत आरोप र प्रत्यारोपले ज्यादा स्थान पाएको छ । विभिन्न चुनावी सर्वेक्षणले दुवै प्रमुख उम्मेदवार अलोकप्रिय भएको संकेत गरेको छ । विदेशमन्त्रीको कार्यकालमा क्लिन्टनको इमेल प्रकरण र क्लिन्टन फाउन्डेसनको क्रियाकलाप र पारदर्शितामाथि रिपब्लिकनले निसाना साधेका छन् भने महिलामाथिको दुव्र्यवहारलगायत मुस्लिम, अल्पसंख्यकमाथिका विवादास्पद टिप्पणी र कर विवरण सार्वजनिक नगरेको गम्भीर आरोप ट्रम्पमाथि छ । आइतबार संघीय जाँच ब्युरो (एफबीआई) ले क्लिन्टनका पछिल्ला इमेलबारे कुनै आरोप नलगाउने जानकारी अमेरिकी कंग्रेसलाई दिएको छ । यसले क्लिन्टनको अभियानमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ । निर्वाचनको पूर्वसन्ध्यामा गत साताको शुक्रबार एफबीआईले क्लिन्टनको पछिल्ला इमेलबारे छानबिन गर्ने घोषणा गरेलगत्तै सर्वेक्षणमा अग्रता लिइरहेकी डेमोक्रेटिक उम्मेदवार र रिपब्लिकन प्रत्याशीबीच कडा टक्कर हुने संकेत देखिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।

यस पटकका मुद्दाहरू
सधैंझैं यस पटक पनि आर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा छ । क्लिटनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गरेकी छन् भने ट्रम्पको हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिएका छन् । धनाढ्य वर्गबाट क्लिन्टनको योजनाअनुरूप कर संकलनको ७५ प्रतिशत संकलन गरिनेछ । उता ट्रम्पको दाबीअनुसार उनको कर नीतिले आगामी दस वर्षमा पाँच दशमलव ९ ट्रिलियन डलर राजस्व संकलन गर्नेछ भने आगामी दस वर्षमा दुई करोड ५० लाख रोजगार सिर्जना गर्नेछ । क्लिटनले आफ्नो कार्यकालको एक सय दिनभित्र रोजगार सिर्जनाका लागि उद्योग, प्रविधि एवं ऊर्जामा लगानी गर्ने र त्यसले एक करोड रोजगार सिर्जना गर्ने स्वतन्त्र कर विश्लेषकहरूको दाबी छ ।

आप्रवासनसम्बन्धी क्लिन्टनको नीति उदार छ, जसले ओबामा प्रशासनको नीतिलाई निरन्तरता दिएको छ । ट्रम्पले अवैधानिक रूपमा अमेरिकामा रहेका झन्डै एक करोड २० लाख आप्रवासीलाई निष्कासन गर्ने बताउँदै आएका छन् । मेक्सिको र अमेरिकाबीच पर्खाल निर्माण गर्ने पनि बताएका छन् । विदेश नीति मूलतः आतंकवादमा केन्द्रित रहेको छ । क्लिन्टनले इस्लामिक अतिवादी (आईएसआईएस) विरुद्ध ओबामा प्रशासनकै नीतिलाई निरन्तरता दिनेछिन् । आईएसआईएसविरुद्ध स्थल सेनाको नीतिलाई अस्वीकार गर्दै आएकी क्लिन्टनले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति र नेटोलाई अमेरिकी समर्थनको वकालत गर्दै आएकी छन् । अनुदारवादी ट्रम्पले भने रसियासँगको कटु सम्बन्धलाई समुधुर बनाउनेमा जोड दिँदै इस्लामिक अतिवादविरुद्धको लडाइँमा रसियासँगको समन्वय प्रभावकारी हुने दाबी गर्दै आएका छन् । दस हजार सिरियाली शरणार्थी भित्र्याउने नीतिलाई ट्रम्पले आतंकवादसँग जोडदै त्यसको कडा आलोचना गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २३

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०८:१५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...