काठमाडौ। एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ३० करोड रुपैयाँ पुग्ने छ ।
प्रकाशित मितिः २०७३ कार्तिक २७
वि.सं.२०७३ कात्तिक २७ शनिवार ०८:३९ मा प्रकाशित