काठमाडौ । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७३ कार्तिक ३०
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १३:२९ मा प्रकाशित