काठमाण्डौं । महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली आज बुधबार बैंकक प्रस्थान गरेको हो ।
नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यता प्राप्त एशियाली टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले शनिबार पाकिस्तानसँगको खेलसँगै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि, नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
८ मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर ८ बुधवार १३:२२ मा प्रकाशित