
काठमाण्डौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आज बुधवारदेखि खुलेको छ । आजैबाट उपत्यका र बाहिरका कार्यालयबाट लाइसेन्स परीक्षा सुरु हुने यातायात व्यवस्था विभागले जनाएकोछ ।
यातायात व्यवस्था विभागले नियमावली संशोधनपछि सफ्टवेयर अपडेट नभएको भन्दै दुर्इ महिनादेखि लाइसेन्स परीक्षा रोकेको थियो । मुलुकभरका १४ वटै कार्यालयबाट परीक्षा लिन मिल्नेगरी सफ्टवेयर अपडेट भएको पनि विभागले जनाएकोछ । विभागले नियमावली संशोधन गरेर परीक्षा अनुत्तिर्ण भएको ९० दिनमा तीनपटकसम्म ट्रायल दिन पाउने व्यवस्था गरेको छ।
८ मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर ८ बुधवार १२:४१ मा प्रकाशित