काठमाडौ । म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेरै रकम होल्ड गरेर बसेकाले सेयर बजार ओरालो लाग्न थालेको लगानीकर्ताको गुनासो आउन थालेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले स्थलगत अनुमगन थालेको छ ।
बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारीहरु निरीक्षण गर्न पुगेका छन् ।
म्युचुअल फन्ड कम्पनीहरूले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि वास्तविकता पत्ता लगाउन बोर्डले स्थलगत निरीक्षण थालेको धितोपत्र बोर्डले जनाएको छ ।
‘अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ८
वि.सं.२०७३ मंसिर ८ बुधवार १४:१७ मा प्रकाशित