back
NMB Ad

३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने राष्ट्रिय वाणिज्य बैंकको प्रस्ताव !

Nepal Bank

काठमाडौ । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्न सरकारसँग अनुमति माग गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कर्पोरेट शाखा उद्घाटन तथा स्वर्ण जयन्ती स्मारकको अनावरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सर्वसाधारणलाई ३० प्रतिशत सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयसमक्ष आग्रह गरेका छन् । वाणिज्य बैंकको उक्त प्रस्तावमा नेपाल राष्ट्र बैंकले समेत साथ दिंदै ३० प्रतिशत सेयर जनतालाई दिनैपर्ने तर्क गरेको हो ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा उपस्थित थिए ।

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले यस अघिनै ३० प्रतिशत सेयर जनतालाई बिक्री गर्न अर्थमन्त्रालयमा प्रस्ताव गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको अवस्था सुदृढ बन्दै गएको उल्लेख गर्दे आगामी आर्थिक बर्षबाट सरकारलाई दश प्रतिशत लाभांस दिन बैंक सक्षम रहने पनि बताए ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सर्वसाधारण जनतालाई ३० प्रतिशत सेयर दिने बिषयलाई अर्थमन्त्रालयले गम्भिरतापूर्वक लिएको र यो बिषयलाई छिट्टै टुङगोमा पुर्याइने बताएका थिए ।

वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना

बैंकले आजबाट विधिवतरुपमा छुट्टै कर्पोरेट शाखा स्थापना गरेको छ । वाणिज्य बैंकले कर्जा कारोबार गर्ने ठूला संस्थागत ग्राहक, कूटनीतिक नियोग एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिलाई आकर्षित गरी बैंकको व्यवसाय प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई केन्द्रीय कार्यालय परिसर सिंहदरबारमा कर्पोरेट शाखा स्थापना गरेको हो ।

कर्पोरेट स्थापनापछि मुख्य शाखा कार्यालय तथा विभिन्न शाखा कार्यालयमा रहेका ठूला कर्जा ग्राहकले कर्पोरेट शाखामार्फत एकीकृत सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । यसको कार्य क्षेत्रभित्र पर्ने तर अन्य शाखाबाट कारोबार गरिरहेका ग्राहकको खाता उनीहरुको सुविधाअनुरुप कर्पोरेट शाखामा स्थानान्तरण गरिने प्रबन्धक विनयरमण पौडेलले जानकारी दिए ।

विसं २०२२ माघ १० गते विशेष ऐनअन्तर्गत स्थापना भएको वाणिज्य बैंकको हाल ६७ जिल्लामा १७१ शाखा छन् । मुलुकभर दुई हजार ३५३ स्थायी कर्मचारी रहेको यस बैंकका २१ लाख ५४ हजार निक्षेपकर्जा तथा एक लाख ५३ हजार कर्जा ग्राहक रहेका छन् ।

 

प्रकाशित मितिः २०७३ मंसिर ८

वि.सं.२०७३ मंसिर ८ बुधवार १५:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:१४

काठमाडौँ : अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र पुनरुत्थानका लागि सरकारले 'आर्थिक...

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...