
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई २९.२० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भैसकेको प्रस्तावित बोनस साधारण सभाको स्वीकृतीपछि मात्रै वितरण हुनेछ।
बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ३६ करोड रुपैयाँ पुग्नेछ । बैंकले मनास्लु विकास बैंकसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १६:५२ मा प्रकाशित