back

एचआईभी एड्सबाट एउटै जिल्लाका १३१ को मृत्यु

Nepal Bank

कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा एड्सको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।
“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने । “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ ।” सूचना अधिकृत जोशीले भने “बिरामीलाई आयु बढाउनेलगायतका औषधि प्रदान गरिँदै आएको छ ।”
त्यसैगरी विश्व एड्स दिवसका अवसरमा जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

शेयर ब्रोकर एसोसिएसनले दियो १६ बुँदे सुझाव, कारोबार निलम्बन हटाउन र कालोसूची कडाइ गर्न माग

शेयर ब्रोकर एसोसिएसनले दियो १६ बुँदे सुझाव, कारोबार निलम्बन हटाउन र कालोसूची कडाइ गर्न माग

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं। शेयर ब्रोकर एसोसिएसन अफ नेपालले पूँजीबजार सुधारका लागि नेपाल...

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री

वि.सं.२०८२ असार ६ शुक्रवार १७:२७

ललितपुरं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको...

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

वि.सं.२०८२ असार ६ शुक्रवार १७:२०

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा...

‘सिप मेला २०८२’ मा नेपाल लाइफ इन्स्योरेन्सको साझेदारी

‘सिप मेला २०८२’ मा नेपाल लाइफ इन्स्योरेन्सको साझेदारी

वि.सं.२०८२ असार ६ शुक्रवार १७:१४

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर...

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकामा सिसीटीभी हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकामा सिसीटीभी हस्तान्तरण

वि.सं.२०८२ असार ६ शुक्रवार १७:०४

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर...

नेपाल राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

नेपाल राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५३

काठमाडौं : नेपालको वित्तीय क्षेत्रलाई साइबर खतराबाट जोगाउन नेपाल राष्ट्र...