
गोरखा । उचित मुआव्जा नपाएको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले यहाँको घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
स्थानीयहरुले आयोजनाको कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । उनीहरुले सरकारले मुआव्जा बितरणको निर्णय पुनर्बिचार नगरेसम्म मुआब्जा वापतको रकम नबुझ्न सरोकारवाला सबैमा आहृवान गरेका छन् ।
सरोकार समितिले सरकारले निर्धारण गरेको मुआब्जा बितरण बैज्ञानिक नभएको र उचित मुआब्जाको व्यवस्था नभएकाले आन्दोलन गर्ने भन्दै गोरखा र धादिङका २७ गाविसका बासिन्दाहरु आयोजनाको कार्यालयमा उपस्थित थिए ।
१६ मंसिर २०७३, ३।४०
वि.सं.२०७३ मंसिर १६ बिहीवार १६:२८ मा प्रकाशित