काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयर धनीहरुका लागि ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकोछ । बैंकले ४८।७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही दिन अघि बिक्री गरिएको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले नेपाल स्टक एक्सचेन्जको वेभसाईट मार्फत जनाएको छ ।
बैंकको हिजो बसेको २ सय ५९औं बैठकले यो प्रस्ताव अगाडि सारेको हो । गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ४८ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैंया १९ पैसा कायम गरेको थियो । त्यसमा बिजिनेशन युनिभर्सलका तर्फबाट स्वापमा बचेको ४६ करोड जोडिएको छैन । चुक्ता पूँजीभन्दा धेरै जगेडा रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २३ करोड १ लाख ४२ हजार रुपैंया सञ्चित छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १०५ प्रतिशतले बढाएर ३५ करोड कमाएको छ । अहिले कम्पनीको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा छ ।
२० मंसिर २०७३, १०।४५
वि.सं.२०७३ मंसिर २० सोमवार १६:४४ मा प्रकाशित