
नयाँ दिल्ली । भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ।
आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्। सन् २०१४ मा जब जयललिता धेरै सम्पत्ति जोडेको अभियोगमा जेल परिन् । त्यतिबेला उनको रिहाईको माग गर्दै उनका २४४ समर्थकहरुले आत्महत्या गरेका थिए ।
१९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन्। बलिउडमा समेत चर्चित जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन्।
२१ मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २१ मंगलवार १७:०४ मा प्रकाशित