
काठमाण्डौं । सुनको मूल्य मंगलबार पुनः घट्न पुगेको छ । आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो ।
फागुन २५ गते प्रतितोला ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै,
महासंघका अनुसार आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । आज प्रतितोला ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ। चाँदी हिजो तोलाको ७ सय ८५ रुपैयाँ थियो।
२१ मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २१ मंगलवार १६:५७ मा प्रकाशित