
हेटौँडा। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने बताएका छन् । हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन उद्घाटन गर्दै उनले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले यसका लागि सरकारलाई जानकारी गराइसकिएको बताए ।
प्रमुख आयुक्त यादवले सम्बन्धित ऐन कानुन तत्काल संसद्बाट पारित गरी लालमोहर नलागेसम्म निर्वाचनको मिति घोषणा भए निर्वाचन कठिन हुने भएकाले अवरुद्ध खुलाइ निर्वाचनसँग सम्बन्धित ऐन कानुन सहितका पूर्वाधार तयार गर्न आग्रह गरे ।
प्रकाशित मितिः २०७३ पुस ६
वि.सं.२०७३ पुस ६ बुधवार १५:१४ मा प्रकाशित