
काठमाडौँ । ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) को सम्बन्धमा शुक्रबार महत्वपूर्ण दुई वटा निर्णय भएका छन् । टिम्सलाई अगाडि बढाउनको लागि नयाँ सिराबाट जाने भन्दै आउने मार्च १ तारिखदेखि अनलाईनबाट टिम्सको कारोबार गरिने निर्णय भएको पर्यटन बोर्ड उच्च स्रोतले जानकारी दिएको छ ।
त्यस्तै शुक्रबारको बैठकले टिम्ससम्बन्धी सम्पूर्ण विषयका लागि ५ जनाको एक समिति बनेको छ । बोर्ड सदस्य कुष्णकुमार अर्यालको संयोजकत्वमा टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल, पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्य, पर्यटन बोर्ड सदस्य पूर्ण कुँबर र समितिको सदस्य सचिवमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी रहनेछन् । पर्यटन बोर्ड उच्च स्रोतका अनुसार उक्त समितिले यसको बेरुजुका विषय र टिम्सबाट उठेका रकममा भएका तलमाथिका कुराहरुलाई अध्ययन गर्दै त्यसका विषयमा बेरुजु फछ्र्यौट गर्ने र बेरुजु रकम असुलउपर गर्ने भन्ने निर्णय भएको छ । साथै केहि समय अगाडि बनेको एक समितिले दिएको सिफारिसलाई लागु गर्दै देखिएका बाधा व्यवधानलाई हटाउँदै टानसँग सहमतिमा अगाडि बढ्ने भन्ने निर्णय भएको छ ।
स्रोतका अनुसार अब समितिले युद्धस्तरमा कार्य अगाडि बढाउनेछ । यसले टिम्सको विषयमा गाँठो अर्थात् ढोका खुलाएको र थप कार्य गर्ने वातावरण बनेको बताईएको छ ।
टानको विगतको कार्यसमितिले राजश्वको अबैध शिर्षकमा खर्च गर्ने र स्पष्ट हिसाब बुझाउन नसकेको भन्दै पर्यटन बोर्डबाट ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा जाने रकम रोकेको थियो ।
प्रकाशित मितिः २०७३ पुस ९
वि.सं.२०७३ पुस ९ शनिवार १५:०९ मा प्रकाशित