back
NMB ad

राष्ट्र बैंकले समस्याग्रस्त सूचिबाट हटाएको जनरल फाइनान्सलाई दियो १३ बुँदे शर्त

Kumari bank ad

काठमाडौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचिबाट हटाएको जनरल फाइनान्सलाई १३ बुँदे विभिन्न शर्तहरु तोकेको छ । समस्याग्रस्त सूचिबाट हटाउनुअघि राष्ट्र बैंकले ३० दिनभित्र संचाक समिति निर्माण गर्नुपर्ने, विजनेश तथा पुँजी वृद्धि योजना बुझाउनुपर्ने, २५ लाख रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा स्विकृत लिनुपर्ने लगायतका शर्तहरु तोकेको हो ।

तीन वर्षअघि समस्याग्रस्त घोषणा भएको फाइनान्सले राष्ट्र बैंकले दिएका शर्तहरु स्विकार गर्दै गत बिहीबारबाट पुनः बैंकिङ कारोबार सुरु गरिसकेको छ । गैरआवासीय नेपालीहरूले फाइनान्स किनेर सञ्चालन गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त सूचीबाट हटाएको थियो ।

कम्पनीको २०७२ चैत मसान्तमा फाइनान्सको खराब कर्जाको दर कुल कर्जाको ९९ दशमलव ३९ प्रतिशत पुगेको थियो । खराब कर्जा उठेमा कम्तीमा १८ करोड रुपैयाँ नाफामा जाने विश्लेषणका आधारमा राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो । अहिले पनि फाइनान्सको पुँजी पर्याप्तता अनुपात २० प्रतिशत छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा कम्पनीको ५ करोड ७५ लाख रुपैयाँ निक्षेप छ भने १ करोड ६५ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति छ ।

के–के छन् त शर्तहरु ?

– संस्थाको संचालक समिति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ दफा १२ बमोजिमको न्युनतम ५ जनाको बनाई ३० दिन भित्र यस बैंकमा जानकारी दिनु पर्ने ।
– संस्थाको बिजनेश प्लान र क्यापिटल प्लान यथार्थपरक बनाई ३० दिन भित्र पेश गर्नु पर्ने ।
– संस्थाको प्रवन्धपत्र तथा नियमावलीलाई परिमार्जित गरी ३० दिन भित्र पेश गर्नु पर्ने ।
– विगतमा दिएका निर्देशनहरु तथा संस्थागत शुसासन सम्वन्धी यस बैकबाट जारी निर्देशनको पूर्ण पालना गर्नु पर्ने ।
– संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने ।
– वित्तीय श्रोत संकलन यस बैंकबाट जारी एकीकृत निर्देशन २०७३ बमोजिम गर्ने ।
– संस्थाको क्रेडिट पोलिसी गाइएडलाईन अद्यावधिक गरी लागू गर्नु पर्ने ।
– रु.२५ लाखभन्दा बढीको कर्जा प्रवाह यस बैंकको पूर्व स्वीकृतिमा मात्र गर्ने ।
– खराव कर्जालाई क्रमिक रुपमा तोकिएको ५ प्रतिशतको सीमामा ल्याउने ।
– संस्थाले गैर बैकिङ्ग सम्पत्ती सकार गरी ऋण असुली प्रक्रियामा रहेको रकमलाई लेना रकममा हिसाव राखी शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुे पर्नेमा सो गरेको नपाइएकोले त्यस्तो रकम रु १७५८७ हजारको तत्काल लेखाड्ढन मिलाई शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्ने ।
– कर्मचारीको विदा वापतको रकम रु.२२०९ हजार थप व्यवस्था गर्नु पर्ने ।
– संस्थाको २०७३ असार मसान्तसम्मको आन्तरिक तथा वाह्य लेखापरीक्षण कार्यहरु यथासिघ्र सम्पन्न गरी सो को प्रतिवेदन यस बैंकमा पेश गर्नु पर्ने ।
– संस्थाको सञ्चित नोक्सानी क्रमिक रुपमा तोकिएको मापदण्डमा ल्याउनु पर्ने ।
प्रकाशित मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०७ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...