back
NMB ad

हावाबाट बिजुली निकाल्ने सोचमा हुनुहुन्छ ? भृकुटीमण्डपमा जारी अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीमा जानुस् !

Kumari bank ad

काठमाडौ । काठमाण्डौको भृकुटीमण्डपमा जारी १३ औ अन्तराष्ट्रिय औद्योगिक विज्ञान तथा प्रविधि प्रर्दशनीको एक आकर्षणको केन्द्र बनेको छ । स्टलमा राखिएको हावाबाट विजुली निकाल्ने यन्त्र अर्थात विण्ड टर्वाइन अत्याधुनिक प्रविधिको उक्त यन्त्र मेला अवलोकनकर्ताहरुले निक्कै चासोमा साथ अवलोकन गर्ने गरेका छन् ।

नेपालमा बेला—बेलामा निक्कै चर्चामा आउने तर कार्वान्वयन नहुने हुदा आम सर्वसाधरणमा पनि मजाकको विषय बन्ने गरेको छ हावाबाट विद्युत निकाल्ने विषय । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाली लोडसेडिङ्ग मुक्त गराउने सार्वजनिक अभिव्यतिm दिएपछि यसको चर्चा थप चुलिएको थियो । तर उनले सम्भावना अध्ययन तथा कार्यन्वयन तर्फ ध्यान नदिदा यो थप मजाकको विषय बन्यो । तर नेपालमा हावा बाट विद्युत निकाल्ने प्रयास भने नभएको भने होइन । बैकल्पिक उर्जा प्रबद्र्धन केन्दले्र जुल्ला, नवलपरासी, मकवानपुर लगायतका ठाउमा हावाबाट विद्युत निकाली केही घरपरिवारमा विद्युत पुर्याई सकेको छ । तर केन्द्रले दातृ संस्थाको सहयोगमा दशकौदेखि पाँच दश किलोवाटमा मात्र सिमित हुदाँ वायु उर्जाको प्रवद्र्धन हुन नसकेको हो ।

अर्को तर्फ तत्कालिन राजा विरेन्द्र विरबिक्रम शालको पालामा डेनमार्कबाट भित्राइएको टर्वाइन अनुसन्धानबिना नै विद्युत प्राधिकरणले मुस्ताङ्गको कागवेनीमा राखेपछि केही दिनमै उक्त टर्वाइन भाँचिएको थियो । यहि घटनाले पनि हाम्रो सरकारी संयन्त्र र नेताहरुपनि वायु उर्जा तर्फ धेरै आर्कषित नभएको देखिन्छ । तर अहिले प्रविधिको विकासंगै अत्याधुनिक प्रविधिका विन्ड टर्वाइनहरुको विकास भैसकेको छ । आम सर्वसाधारणमा मजाकको विषय बनेपनि नेपालमा वायु उर्जाकै निक्कै ठुलो सम्भावना रहेको विभिन्न अध्ययनहरुले देखाएको छन् ।

यसअघि नास्टले १० प्रतिशत भूभागमा मात्र गरेको अध्ययनले पनि ३ हजार मेघाबाट वायु उर्जाको सम्भावना देखाएको थियो । अन्र्तराष्टिय विज्ञहरुले नेपालमा ३० हजार मेघावाट वायु उर्जाको सम्भावना भएको दावी गर्ने गरेका छन । मेलामा नेपालको एभरेट विन्ड इनर्जी कम्पनीले उक्त यन्त्र प्रदर्शनीमा ल्याएको हो ।

दक्षिण अफ्रिकामा निर्माणभएको उक्त यन्त्र अत्याधुनिक प्रविधिको रहेको कम्पनीका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले जानकारी दिए । भेरियबल अटो पिच कन्टोल सिम्टमको उक्त प्रविधि नेपालकागि निक्कै उपयुक्त हुन सक्ने मेला अवलोकन गर्न पुगेको प्रधानमन्त्रीका विज्ञान तथा प्रविधि सल्लाहाकार डा. रविन्द्र ढकालले जानकारी दिए । पटक पटक चर्चा हुने गरेपनि एभरेष्ट विन्ड इनर्जीले नेपालमा पहिलो पटक हावाबाट विद्युत निकाल्ने यन्त्र प्रदर्शनीमा राखेको हो । यसैका कारणपनि प्रदर्शनीमा सर्वसाधारणको चासो बढेको हो ।

नेपालको हिमाली तथा पहाडी भुभागमा यो टर्वाइन अत्यन्तै उपयोगी रहेको बताइएको छ । यो प्रविधि विद्युत उत्पादनका साथै पानी तान्नकालगि उपयोगी रहेको कम्पनीले दावि गरेको छ । देशका विभिन्न गाउहरु पिउने पानि अभावका कारण विस्थापित भैरहेको र सिचाई अभावका कारण खेतीयोग्य जमिन बाझै राख्नु पर्ने अवस्था सृजना भएका ठाउमा न्युनतम हावा चल्ने ठाउमा पनि विन्ड टर्वाइनको प्रयोगले सिचाईका साथै पिउने पानि तान्न सकिने कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधिको उक्त माइक्रो विण्ड टर्वाइनको प्रयोग घरको छतमा समेत राखेर विद्युत निकाली मिल्छ । अति दुर्गम पहाडि जिल्लामा समेत सजिलै ढुवानी गर्न मिल्ने प्रविधि छ । प्रारम्भिक लगानी सोलार भन्दा केहीबढी भएपनि आयोजना कर्ममत गर्नुनपर्ने तथा सोलबारको तुलनामा अलभग दोब्बर बढी विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

मुस्ताङ लगायतका जिल्लामा यस प्रकारको प्रविधिको प्रयोगले व्यवसायीकरुपमा वायु उर्जा निकाल्न सकिने कम्पनीले जनाएको छ । वायु उर्जा उत्पादन गर्नलाई सरकारले लगानीमैत्री वातावरण तथा अनुदानको व्यवस्था पर्नुपर्ने एभरेष्ट विन्ड कम्पनीका अध्यक्ष पोखरेल बताउछन । साथै उनले विद्युतको पहुँच भन्दा बाहिर रहेका पहाडी भेगमा मिनि ग्रिड मार्फत तत्काल विद्युतको व्यवस्था गर्न सकिने उनले बताए । नेपालको मुस्ताङ , मनाङ्ग, हुम्ला जुम्ला, कालिकोट देखि पूर्वको पाँचथर इलाम र सूदुरपश्चिमको बझाङ्ग, र्दाचुला सम्म वायु उर्जा निकाल्न सकिने कम्पनीले जनाएको छ ।

wind mill1

नेपालमा अझै पनि १७ प्रतिशत भन्दाबढी जनता विद्युतको पहँुच भन्दा बाहिर छन । हावाबाट विद्युत निकाल्ने कार्य सजिलै र छोटो समयमै सम्भव भएकाले विद्युतको पहुँच भन्दा बाहिर रहेका जनतालाई तत्काल विद्युत उपलब्ध गराउन यो प्रविधि उपयुक्त हुने देखिन्छ । नेपालको मुस्ताङ्घ जिल्ला विश्वको चिली पछि अत्याधिक हावा चल्ने पहाडी क्षेत्र मध्येमा पर्छ । मुस्ताङ्घ लगायतका क्षेत्रमा खेर गैरहेको हावालाई सदुपयोग गर्न अब राज्यले कदापी ढिलाई गर्न हुदैैन । एभरेष्ट विन्ड इनर्जीका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले मुस्ताङ्घ जिल्लामा मात्र एक हजार मेघाबाट वायु उर्जाको सम्भावन रहेको दावी गरे ।

अर्को तर्फ वायु उर्जालाई वातावरणमैत्री र स्वच्छ उर्जाको रुपमा लिइन्छ विश्वमा जलवायुपरिवर्तनका कारण विकशित मुलुकहरुले वैकल्पिक उर्जाको प्रवर्दनमा निक्कै जोड दिइरहेका छन । तसर्थ नेपालमा पनि वैकल्पिक उर्जाको प्रवद्धनले नै उर्जा सुरक्षाको सुनिश्चित गर्न सकिने भएकाले यस्को प्रवद्र्धन आवश्यक छ ।

छिमेकी देश चीनमा करिब डेढ लाख मेघाबाट भारतले करिब ३५ हजार भुटान र पाकिस्तानले समेत सय—सय मेघावाट वायु उर्जा उत्पादन गरिसकेका छन । तर नेपालमा भने वायु उर्जाको प्रवद्र्धन प्रायः नगन्य अवस्थामा छ ।

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...