back
NMB ad

साल्ट ट्रेडिङद्धारा भारतबाट सस्तो चिनी आयात,कति सस्तो हुन्छ अब ?

Kumari bank ad

काठमाडौ। साल्ट ट्रेडिंग कर्पोरेशनले भारतबाट चिनी आयात गर्न सुरु गरेको छ । निजी क्षेत्रको एकाधिकार बजार तोड्न र उपभोक्तालाई सुलभ मूल्यमा चिनी उपलब्ध गराउन कर्पोरेशनले भारतबाट चिनी आयात गर्न सुरु गरेको हो ।

भारतबाट आयात भएर आउन थालेको चिनीका कारण उपभोक्ताले महँगोमा खरिद गर्दै आएको चिनी सस्तोमा खरिद गर्न पाउने कर्पोरेशनले जनाएको छ । भारतीय आयातित चिनी बिक्री हुन थालेपछि अहिले महँगोमा खरिद गर्दै आएका उपभोक्ताले कम्तिमा प्रति किलो पाँच रुपैयाँदेखि १० रुपैयाँ सस्तोमा खरिद गर्न सक्षम हुने कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनले पहिलो चरणमा रेलमार्गबाट दुई हजार पाँच सय मेट्रिक टन चिनी भारतको रक्सौंलमा ल्याई पु¥याएको छ । कर्पोरेशनका सह महाप्रवन्धक कुमारराज भण्डारीकाअनुसार करिब पाँच अर्ब मूल्य बराबरको टेण्डरमार्फत खरिद गरिएको ५० हजार मेट्रिक टनमध्ये पहिलो चरणमा दुई हजार पाँच सय मेट्रिक टन चिनी रक्सौंल आइपुगेको हो । ‘एक साताभित्रमा सम्पूर्ण परिमाणको चिनी नेपाल आइपुग्छ’, भण्डारीले भने । कर्पोरेशनले भारतको हल्दियास्थित रेनुका सुगर मिलसँग टेण्डरमार्फत उक्त चिनी खरिद गरेको हो ।

कर्पोरेशनले अर्थमन्त्रालयको सहमतिमा भारतसँग चिनी खरिद गरेको हो । भण्डारीकाअनुसार १४ प्रतिशत भन्सार छुटमा चिनी आयात गरिएको हो । खरिद भएको सम्पूर्ण परिमाणको चिनी भित्रिएपछि लागत मूल्य, ढुवानी खर्च र करसहितको विवरण मूल्याँकन गरी आपूर्ति मन्त्रालयमा प्रस्ताव गरेपछि उक्त चिनीको मूल्य तोकिने छ । आयातित चिनी आगामी दसैं तिहारसम्मको चाडपर्बको मागलाई धान्न सक्ने कर्पोरेशनको भनाई छ ।

‘भारतबाट आयात गरेको चिनीको मूल्य उपभोक्तालाई सहज हुने गरी निर्धारण गर्दैछौं,’ भण्डारीले भने, ‘प्रति किलो ८० देखि ८५ रुपैयाँको बीचमै मूल्य कायम गर्ने तयारी छ ।’ भारतीय आयातित चिनी बिक्री हुन थालेपछि अहिले महँगोमा खरिद गर्दैआएका उपभोक्ताले कम्तिमा प्रति किलो पाँच रुपैयाँदेखि १० रुपैयाँ सस्तोमा खरिद गर्न सक्षम हुने कर्पोरेशनले जनाएको छ । गत् बर्ष भारतबाट आयात गरेको ३० हजार मेट्रिक टन चिनी कर्पोरेशनले प्रति किलो ८५ रुपैयाँमा बिक्री गरेको थियो । हाल कर्पोरेशनसँग चिनी मौज्दात छैन ।

सरकारी संस्थानसँग चिनी मौज्दात सकिएपछि पसल सञ्चालकहरुले मौकाको फाइदा उठाउदै प्रति किलो चिनी एक सय ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए । आपूर्ति मन्त्रालयले मूल्य बृद्धिको बिषयमा छानविन गर्दा खुद्रा व्यापार संघ र थोक बिक्रेता संघले चिनी उद्योगबाटै बढी मूल्य कायम भएर चिनी आएकाले चिनी महँगो भएको जानकारी दिएका थिए । मन्त्रालयले निजी क्षेत्रका उद्योगीले लागत मूल्यभन्दा बढी मूल्य कायम गरी उपभोक्ताबाट बढी मूल्य असुल गरेको ठहर गरी चिनीको लागत मूल्य बिश्लेषण तथा अध्ययन गर्न गत् फागुन २६ गते छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिले केही उद्योगबाट लागत मूल्यको बिषयमा अध्ययन गरेपनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

अर्थमन्त्रालयले कर्पोरेशनलाई चिनी आयात गर्न अनुमति प्रदान गरेकै समयमा बजारमा बिक्री भइरहेको चिनीको मूल्य ९० रुपैयाँ प्रतिकिलोमा झरेको थियो । अहिले बजारमा ९० रुपैयाँदेखि सय रुपैयाँ प्रति किलोमा चिनी बिक्री भइरहेको छ । नेपालमा मासिक १७ हजार मेट्रिक टन चिनीको खपत हुन्छ । दसैं तिहार चाडपर्वमा थप २५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । यसरी बार्षिक रुपमा दुई लाख दुई लाख २९ हजार मेट्रिक टन चिनीको माग नेपालमा छ ।

नेपाल चिनी उद्योग संघकाअनुसार देशभरका १३ वटा चिनी उद्योगबाट यो बर्ष करिब एक लाख पाँच हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । यो बर्ष कम उत्पादन हुने ‘साइक्लिङ्ग’ समय परेकाले निजी क्षेत्रको उत्पादनमा ३० प्रतिशतले कमी आएको छ । संघकाअनुसार एभरेष्ट सुगर मिलले २६ लाख उखु क्रसिङ्ग गरी करिब दुई लाख ३५ हजार क्वीन्टल, सोही परिमाणमा इन्दुशंकर मिलले पनि उखु क्रसिङ्ग गरी २३ हजार पाँच सय क्वीन्टल चिनी उत्पादन गरेको छ । सिराहाको चौहर्वामा यसै बर्षदेखि सञ्चालनमा आएको ठूलो कारखाना हिमालय सुगर मिलले परीक्षण उत्पादनअन्तर्गत पाँच लाख उखु क्रसिङ्ग गरी यो बर्ष ४५ हजार क्वीन्टल चिनी उत्पादन गरेको छ ।

यस्तै श्रीराम सुगर मिलले ५२ हजार दुई सय ७५ क्वीन्टल, लुम्बिनीले ३७ हजार आठ सय १९, अन्नपूर्णले ८५ हजार नौं सय ६२, इन्दिराले ३४ हजार ६ सय ५६ र इस्टर्न सुगम मिलले ७४ हजार ६९ क्वीन्टल चिनी उत्पादन गरेको छ । यस्तै रिलायन्स मिलले १८ हजार क्वीन्टल चिनी उत्पादन गरेको छ । न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...