back
NMB ad

सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रम ओली

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका छन् ।

बाग्मती सफाइ अभियानका अभियन्ताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानुनको पालक भएको बताए । ‘सरकार हस्तक्षेपकारी होइन कानुनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’ प्रधानमन्त्री ओलीले भने ।

बागमती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बागमती सफाइसँगै यसलाई फोहोर हुन नदिने विषयमा पनि जनचेतना जागृहत गराउनु पर्ने बताए ।

अभियन्ताहरुले वि.सं २०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिएका छन् । बागमती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बागमती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार २०:४९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...