back
NMB ad

स्थानीय र सर्वसाधारणको लागि जलविद्युतको ८ करोड बढीको आईपिओ आउँदै

Kumari bank ad

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ८ लाख १५ हजार ४१० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात ४ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता आईपिओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । स्थानीयलाई बिक्री गरेपछि फेरि सर्वसाधारणमा आइपीओ खुला गरिनेछ । कम्पनीको आईपिओ एनएमबी क्यापिटल लिमिटेडले जारी गर्नेछ ।

रु रु जलविद्युत परियोजनाले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । यो आइपीओ गुल्मीका आयोजना प्रभावितले भर्न पाउनेछन् ।

३२ करोड ६१ लाख ६४ हजार ४ सय रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपिओ बिक्री गरेर ४० करोड ७७ लाख ५ हजार ५ सय रुपैयाँ पुर्याउनेछ । सेयर बिक्रीबाट संकलन भएको पुँजी माथिल्लो हुग्दीको क्यासकेड आयोजनामा लगानी गर्ने योजना कम्पनीको छ ।

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार १३:४२ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...