back
NMB ad

विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि बढे विद्यार्थी

Kumari bank ad

हेटौंडा । मुना चेपाङ अहिले ८ कक्षामा पढ्दै छिन् । उनले ३ कक्षामा भर्ना भएर पढ्न छाडेकी थिइन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि एक वर्ष पढ्न छाडेर अर्को वर्षदेखि पढन आएकी हुन् । १६ वर्षीया मुना अहिले नियमित रूपमा पढ्न आउने गर्छिन् । उनी मात्र होइन, राक्सिराङ गाउँपालिका ६ की निलम चेपाङ पनि बीचैमा पढाइ छाडेकी थिइन् । ४ वर्षदेखि स्कुलमा पढ्न आउने गरेकी छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ६ सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मुना र निलम मात्र होइन, खाद्यान्न, पोसाक र शैक्षिक सामग्रीको अभावमा पढाइ बीचैमा छाडेकाहरू पुनः भर्ना भएर नियमित स्कुल आउने गरेका छन् ।

बीचैमा छाडेका मात्र होइन, गाउँका अधिकांश बालबालिकाहरू स्कुलमा नियमित आउने गरेका छन् । ‘दिवा खाजाका कारणले विगत केही वर्षदेखि स्कुलमा भर्ना दर पनि बढेको छ, ड्रप आउट झन्डै शून्यमा झरेको छ,’ राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘स्कुलमा नियमित खाजाको व्यवस्था गरेकाले विद्यार्थीको संख्या बढेको हो ।’ एक कक्षादेखि १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ७ वर्षअघि मुस्किल सय जना पनि विद्यार्थीे थिएनन् । अहिले झन्डै ५ सय जनाको हाराहारीमा विद्यार्थी छन् ।

मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको स्कुलमा दिवा खाजाको प्रभाव सकारात्मक रूपमा परेको छ । दिवा खाजाका कारणले स्कुलमा भर्ना हुने दर बढेको छ भने, ड्रप आउट हुने दर ह्वात्तै घटेको छ ।

चेपाङ समुदायको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिको ६, ७ र ८ नम्बर वडाका एक माविसहित १६ स्कुलका विद्यार्थीलाई विगत ७ वर्षदेखि दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी सस्थाले स्कुलमा खाजा खुवाउने गरेको छ ।

संस्थाको सहयोगमा स्कुलले २ दिन खिचडी र चार दिन तरकारी चिउरा खुवाउन गरेको छ । १६ स्कुलका २ हजार ७ सय ९ विद्यार्थी र ६ वटा ईसीडीका ३ सय ५ जना बालबालिकालाई दिवा खाजा खुवाउँदै आएको छ । ‘स्कुलमा खाजाको व्यवस्था भएपछि विद्यार्थीेको भर्नादर बढेको छ, बीचैमा पढाइ छाड्ने र भोकका कारण हाफ टाइममा स्कुलबाट भाग्ने प्रवृत्ति ठ्याक्कै रोकिएको छ,’ काँकडा धिराङस्थित आधारभूत विद्यालयका प्रअ बाबुलाल घलानले भने, ‘दिवा खाजाको प्रभाव विद्यालयमा राम्रो परेको छ ।’ मकवानपुरको सबैभन्दा दुर्गम क्षेत्र धिराङ हो ।

बाबुआमालाई पैसा दिँदा दुरुपयोग हुने, विद्यार्थीलाई स्कुलमा खाजा दिँदा पढाइमा निरन्तरता हुने र पोषणको समस्या पनि नहुने उनले भने । उक्त क्षेत्रको स्कुलमा विगत २०६८ सालदेखि उक्त संस्थाले दिवा खाजाको व्यवस्था गरेकाले चेपाङ विद्यार्थीको संख्या हवात्तै बढनुको साथै बीचैमा पढन पनि छाडेका छैनन् ।

राक्सिराङ गाउँपालिकाका ३ वडाका शतप्रतिशत बालबालिका स्कुलमा भर्ना हुने गरेका छन् । ‘ड्रप आउट’ पनि छैन सिलिङेस्थित राष्ट्रिय माविका प्रधानाध्यापक दुवाडीले भने । उक्त संस्थाले विद्यार्थी संख्याको अनुपातमा शिक्षक नभएकाले निजी क्षेत्रबाट राखिएका २२ वटा शिक्षकलाई मासिक रूपमा तलब उपलब्ध गराउँदै आएको छ । चेपाङ, दलित र तामाङ समुदायका १ हजार ३३ जना छात्रछात्रालाई वर्षको २ जोर कपडा, ३ जोर चप्पल र शैक्षिक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

उक्त संस्थाले उक्त क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त ५ वटा विद्यालयको भवन पुनर्निर्माण गर्दै छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘अभिभावकलाई खाजाको पैसा दिनेभन्दा पनि स्कुलमा नै खाजा खुवाउने गरियो भने प्रभावकारी हुने रहेछ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था गर्नुपर्छ ।’कान्तिपुर

२०७५ फागुन १२ गते प्रकाशित

वि.सं.२०७५ फागुन १२ आइतवार १४:४४ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...