back
NMB ad

प्रदेश तीन सरकारको निर्णय : अत्यावश्यक सवारी साधन खरिदका लागि दिएको रकम फ्रिज नहुने

Kumari bank ad

हेटौंडा । ३ नम्बर प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटा विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले दमकल, एम्बुलेन्स तथा शवबाहन खरिद गर्न सशर्त अनुदान स्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ ।

बैठकले प्रदेश सार्वजनिक खरिद नियमावली २०७६ स्वीकृत गर्ने, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले दिएको राजिनामा स्वीकृत गने, यसैगरी ११ औ तहका स्वास्थ्य सेवाका कर्मचारीहरु पदस्थापन गर्ने, स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने, द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले एक बिद्यालय एक नर्स सञ्चालन कार्यबिधि २०७६ स्वीकृत गर्ने, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी निर्देशिका २०७६ स्वीकृत गर्ने, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि बिकास बैकबिच समझदारी गरी कार्य गर्ने निर्णय गरेको छ । यसैगरी सार्वजनिक निर्माण कार्यान्वयन ईकाइको समयावधि थप, ईकाइको कार्यक्षेत्र थपघट तथा संगठनको संशोधित दरवन्दी तेरिज स्वीकृति एबम् कार्यलयको स्थान सार्ने, ३ नम्बर प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको धर्म पत्नी कान्छीमाया लामाको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।

 

२०७६ साउन ६ गते प्रकाशित

वि.सं.२०७६ साउन ६ सोमवार १७:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...