back
NMB ad

असोज ६ गते एजिएम डाकेको हिमालयन जनरलको छैन लाभांश

Kumari bank ad

काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सले असोज ६ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।

कम्पनीले आव २०७४/ ७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आव २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ गरी कूल ५ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ ।

आव २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्व २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि हिमालयनले भदौ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । यस आधारमा भदौ १६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन ।

हाल हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । असार मसान्त सम्ममा कम्पनीले १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा छ ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार ०८:५१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...