back
NMB ad

आजदेखि नाडा अटो शो सुरु, यस्ता छन आकर्षणहरु

Kumari bank ad

काठमाण्डौ । अटो मोबाइल्सका लागि कुम्भ मेलाको रुपमा मानिने नाडा अटो शोको १४औँ संस्करण यही आजदेखि सुरु हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने मेला आइतबारसम्म चल्नेछ ।

मेलामा नयाँ मोडलका कार, जीप, मोटरसाइकलसहित गाडीका पाटपूर्जा, हेलमेटलगायतका सामग्री राखिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ् नेपालले जनाएको छ ।

विभिन्न आर्कषक छुट, अन द स्पट फाइनान्सको सुविधा रहेको नाडा अटो शोको यो वर्षको मुख्य आर्कषण रुपमा इलेक्ट्रिक र हाइब्रिड कारहरु रहनेछन भने मेला अवलोकन गर्न आउने अवलोकनकर्ताले ओभर हेड ब्रिजको पनि प्रयोग गरेर दृश्यावलोकन गर्न सक्नेछन ।

एउटै छानामुनि विभिन्न स्बदेशी र विदेशी ब्राण्डका सवारी साधनका साथै अटोमोबाइल्सको सबै साम्रगी नाडा अटो शोमा पाइनेछ ।

नाडा अटो शोमा यो वर्ष कार, मोटरसाइकल, लुब्रिकेन्ट, पार्टपूर्जाका विभिन्न ९५ वटा कम्पनीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

नाडा अटो शोमा साना र ठूला गरेर १६० वटाहरु रहेका छन् । जसमा चारपाङ्ग्रे सवारीका २५ वटा कार, दुई पाङ्ग्रे सवारीका १९ वटा स्टलहरु रहेका छन ।

यसैगरी ९ वटा बिभिन्न ब्राण्डका टायरहरु, १२ वटा लुब्रिकेन्टको ब्राण्ड, ब्याट्रीको ५ वटा ब्राण्ड, बैङ्क र बीमा कम्पनीका १३ वटा स्टल छन् भने ग्यारेजका सामान पाउने १४ वटा स्टलहरु रहेका छन ।

यो वर्ष भृकुटीमण्डपको प्रर्दशनी स्थलका साथै बायाँतर्फको बगैँचालाई पनि प्रर्दशनीको हिस्सा बनाएकोले यसले पनि अवलोकनकर्तालाई नयाँ स्वाद दिने विश्वास आयोजकको छ ।

अवलोकनकर्ताको सुविधाका लागि बगैँचाबाट प्रवेश गरी एकतर्फी बाटोको प्रयोग गरेर मेलामा छिर्ने व्यवस्था मिलाइएको नाडा अटो शोका प्रवता अनुप बरालले बताउनुभयो ।

नाडा अटो शो नेपालकै ठूलो अटो शो हो । अघिल्लो वर्ष ५ अर्बको व्यापार गरेको नाडा अटो शोले यो वर्ष ५ अर्बभन्दा बढीको ब्यापार गर्ने विश्वास गरिएको छ ।

गत वर्ष ६५००० ले अवलोकन गरेको नाडा अटो शोलाई यो वर्ष ७५००० ले अवलोकन गर्ने अपेक्षा रहेको नाडा अटो शो का प्रवत्ता एवम् प्रचारप्रसार समितिका सभापति अनुप बरालले बताउनुभयो ।

आजदेखि आइतबारसम्म चल्ने शोमा सहभागी हुनका लागि अवलोकनकर्ताले प्रतिव्यक्ति २०० र विद्यार्थीको लागि १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

टिकट खरिद गर्ने सबैमध्ये लक्की ड्रमार्फत एक जनाले भाग्यशाली विजेता भइ जीपीएक्स ब्राण्डको मोटरसाइकल जित्न सक्नेछन ।

नाडा अटो शो अटो मोबाइल्स खरिदका लागि मात्रै नभई हरेका व्यक्तिहरुका लागि अध्ययन र सिकाइका लागि निकै राम्रो स्थान हुने आयोजक नाडा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार ०९:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...