back
NMB ad

साउन महिनामा एक खर्बको आयात, ८ अर्बको निर्यात

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना एक खर्ब ६ अर्ब आयात हुँदा निर्यात भने आठ अर्ब ८३ करोड रुपैयाँको भएको छ ।

भन्सार विभागका तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजार रुपैयाँको आयात भएको छ ।

सो अवधिमा ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढन सकेको छैन ।

पहिलो महिनामा नौ वटा भन्सार कार्यलयबाट निर्यात शून्य भएको छ ।  पहिलो महिना नौ वटा भन्सार कार्यालयहरुले एक रुपैयाँको वस्तु पनि निर्यात भएको छैन ।

साउन महिनामा ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा नौ भन्सार कार्यालय शून्यमा रहेको हो ।

विभागका अनुसार कुल २४ भन्सार कार्यालयमध्ये भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर, सर्लाही, सति, सिरहा, तातोपानी र तादी भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात भएनन।

आयात भने सबै भन्सार कार्यालयबाट भएका छन। आयातको तुलनामा निर्यातदर न्यून हुँदा चालू आर्थिक वर्षको पहिलो महिनाको ब्यापार घाटा नै ९७ अर्ब ८८ करोड ८२ लख ३२ हजार पुगेको छ ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...