back
NMB ad

कृषि विकास बैंकबाट लुटिएको रकम कसरी पुग्यो कैलाश विकास बैंकमा ?

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको प्रणाली ह्याक गरी चार करोड ७३ लाख रुपैयाँ लुटपाट घटनामा कैलाश विकास बैंक पनि मुछिएको छ ।

कृषि विकास बैंकको ट्रेजरीबाट लुटिएको रकम कैलाश विकास बैंकको ट्रेजरीमा जम्मा भएको पाइएको छ ।प्रहरीका अनुसार ह्याकरले कैलाश विकास बैंकको मकवानपुरस्थित पालुङ शाखामा सिरहाको लहानस्थित कृषि विकासको शाखा कार्यालयबाट लुटिएकोमध्ये १० लाख रुपैयाँ रकम जम्मा गरेको भेटिएको छ ।

तर, कैलाश विकास बैंकका कुनै पनि अधिकारी भने पक्राउ परेका छैनन । सोही प्रकृतिको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले नुवाकोट मेघाङ–४ का ४३ वर्षीय लवाङ तामाङसहित चारजनालाई पक्राउ गरिसकेको छ ।

ह्याकरले कृषि विकासबाट लुटिएको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ कैलाश बैंकसँगै अन्य ११ व्यक्तिको बैंक खातामा जम्मा गरेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कृषि विकासले कैलाश विकास बैंकविरुद्ध जाहेरी नदिएकाले पक्राउ नगरिएको बताउनुभयो । नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार ०८:१७ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...