काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।
विभिन्न २८ वटा वाणिज्य बैंकहरुले मुद्दती, चल्ती, बचत र कल खातामा उक्त रकम संकलन गरेका वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलनहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले जनाएको छ ।
सो अवधीमा सबैभन्दा बढी मुद्दती खाता (फिक्स्ड डिपोजिट) मा १४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। गत वर्षको कात्तिकसम्म मुद्दती खातामा ११ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन थियो ।
बचत र चल्ती खाता भन्दा आकर्षक ब्याज पाउँने भएकाले मुद्दती खातामा बढी रकम जम्मा भएको बैंकहरुले जनाएका छन ।
एसोसियसनका अनुसार चालु आवको चार महिनाको अवधीमा वाणिज्य बैंकहरुको कूल निक्षेपमा ५४.२ प्रतिशत रकम मुद्दती खातामा रहेको छ ।
गत आवको सोही अवधीमा कूल निक्षेपको मुद्दती खातामा ५२.४० प्रतिशत रकम संकलन भएको थियो । मुद्दती खातामा सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सबैभन्दा बढी एनआइसी एसिया बैंकले मुद्दती खातामा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।
२०७६ पुस १६ गते प्रकाशित
वि.सं.२०७६ पुस १६ बुधवार ११:१८ मा प्रकाशित