back
NMB ad

भोलि यी चार कम्पनीले साधारण सभा गर्दै, के–के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । चार कम्पनीले पुस २३ गते बुधवार वार्षिक साधारण सभा गर्न लागेका छन् । एभरेष्ट बैंक, नेपाल ल्यूव आयल, अरुण भ्याली हाइड्रोपावर र आरएमडीसी लघुवित्तले साधारण सभा आयोजना गर्न लागेका हुन् ।

एभरेष्टले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रस्तावसहित विहान ११ बजे लैनचौर ब्यांक्वेटमा सभा बोलाएको हो ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरले ईन्द्रेणी फुडल्याण्ड, नयाँ वानेश्वरमा विहान ११ बजे ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा बोलाएको छ ।

नेपाल ल्यूव आयलले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै विहान ११ स् ३० मा याक प्यालेस पुलचोकमा सभा बोलाएको हो । आरएमडीसी लघुवित्तले भने १२ दशमलव ५ प्रतिशत १२ दशमलव ५ प्रतिशत नगद लाभांश सहित अमृतभोग, कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको हो ।

साधारण सभा प्रयोजनका लागि एभरेष्टले पुस ४ गतेदेखि, नेपाल ल्यूव आयलले पुस १० गतेदेखि, अरुणभ्याली हाइड्रोले पुस १० गते एक दिन र आरएमडीसी लघुवित्तले पुस ११ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको अघिल्लो कारोबारसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार १७:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...