back
NMB ad

पार्कमा करोडौं खर्च गर्दै बागमती प्रदेश सरकार, २० ओटा पूर्वाधार उपभोक्ता समितिमार्फत

Kumari bank ad

हेटौंडा । प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणका क्रममा पार्क, भ्यू टावर र पदमार्गलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले पर्यटन पूर्वाधारका २० ओटा विभिन्न प्याकेजलाई उपभोक्ता समितिमार्फत निर्माण गर्नेगरी सम्झौता गरेको छ ।

उपभोक्ता समितिमार्फत ७ करोड २५ लाख रुपैयाँमा उक्त काम अघि बढाइएको बागमती प्रदेशको पर्यटन पूर्वाधार विकास आयोजनाका सूचना अधिकारी द्रोणविक्रम कार्कीले जानकारी दिए । आगामी १ दशक पर्यटन पूर्वाधार निर्माणमा लाग्ने प्रदेश सरकारले बताएको छ ।

५० लाख रुपैयाँमा धादिङको थाक्रे–६ मा क्यानोनिङ सुविधासहितको पार्क निर्माण गर्न सम्झौता भएको सूचना अधिकारी कार्कीले बताए ।

सूर्यविनायक–४ भक्तपुरमा २० लाख रुपैयाँ खर्च गर्न उपभोक्ता समितिसँग सम्झौता भएको छ । त्यस्तै रत्ननगर–९ चितवनमा ५० लाख रुपैयाँको लागतमा ‘टिकौली इको रिक्रिएशन पार्क’ निर्माण गर्न उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

भीमेश्वर–६ दोलखामा विश्वशान्ति बुद्ध पार्क निर्माणका लागि समितिसँग सम्झौता भएको छ ।हेटौंडा–१८ गुम्बाडाँडामा पर्यटन पूर्वाधार बनाउन समितिलाई ५० लाख रुपैयाँ दिनेगरी सम्झौता गरिएको छ ।

५० लाख रुपैयाँमा तारकेश्वर–१० काठमाडौं, खर्कचौरमा लोकतान्त्रिक पार्क निर्माणको सम्झौता भएको छ । त्यस्तै चितवनको परेवाकोटमा २० लाख रुपैयाँमा जेपी पार्कको अधुरो काम सम्पन्न गर्न समितिसँग सम्झौता गरिएको सूचना अधिकारी कार्कीले बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन आयोजनामार्फत काम गर्न लागिएको हो । विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन पूर्वाधार बनाउन लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बताएको छ ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै चालू आर्थिक वर्षमा तीनओटा हिलस्टेशन निर्माणको तयारी प्रदेश सरकारले थालेको छ। यस्तै थप आठओटा हिलस्टेशन, १३ ओटा पर्यटन ग्राम, १० ओटा पर्यटन गन्तव्य, २२ ओटा पदमार्गको काम अघि बढाइने बताइएको छ ।

नुवाकोटको ककनी, सिन्धुपाल्चोकको मुडे र मकवानपुरको चित्लाङमा पहिलो चरणमा हिलस्टेशन निर्माण हुनेछन् । विभिन्न प्याकेजमा ११ करोड रुपैयाँको बोलपत्र भइसकेको र ७ करोड रुपैयाँभन्दा बढीको काम गर्न उपभोक्ता समितिमार्फत प्रक्रिया अगाडि बढेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

काभ्रेको बासुकी थुम्का, मकवानपुरको इन्द्रसरोवर, चितवनको मेघौली, रसुवाको पार्वतीकुण्ड, सिन्धुलीको हरिहरपुरगढी, सिन्धुपाल्चोकको जुगललगायत १० ओटा पर्यटकीय गन्तव्यमा काम गर्न लागिएको उनले बताए ।

सूचना अधिकारी कार्कीका अनुसार बागमती प्रदेशभरका पर्यटनसँग सम्बन्धित आयोजना १३२ ओटा पहिचान भएका छन् । तर, चालू आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड रुपैयाँ मात्र विनियोजन भएकाले सबै योजना शुरू गर्न नसकिएको उनको भनाइ छ ।

टेन्डर प्रक्रियामा गएका २२ ओटा आयोजनामध्ये सातओटा आयोजनाको निर्माण सम्झौता भएर काम शुरू भएको उनले बताए । आर्थिक अभियानबाट

वि.सं.२०७६ माघ २१ मंगलवार ०७:१७ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...