back
NMB ad

कोरोना महामारी : विश्वमा ३८ लाख २१ हजार बढीमा संक्रमण,१२ लाख ९९ हजार निको

Kumari bank ad

काठमाडौ । विश्वभरकोरोना भाइरसको संक्रमणबाट २ लाख ६५ हजार ४५ जनाको मृत्यु भएको छ । हालसम्म ३८ लाख २१ हजार ७ सय २६ जनामा संक्रमण देखिएको छ भने १२ लाख ९९ हजार ५ सय ११ जना निको भएर घर फर्किएका छन् ।

झण्डै पचास हजार संक्रमित गम्भीर रुपमा बिरामी परेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अद्यावधि अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ६ सय ८२ जनाको ज्यान गएको छ ।कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको हुने क्रम बढ्दै गएको छ।

संक्रमितमध्ये अहिले २२ लाख ५५ हजार ७ सय ७८ जना उपचारको क्रममा छन्। उपचारमा रहेका अधिकांशको अवस्था सामान्य छ। संक्रमितमध्ये ४८ हजार २ सय १ जनाको अवस्था गम्भीर छ।

बुधबार विश्वभर ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट २ लाख ६४ हजार २ सय ५२ जनाको मृत्यु भएको छ। गएको २४ घन्टामा विश्वमा ६२ सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

अमेरिकामा गएको २४ घण्टामा १९ सय ७४ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या ७४ हजार नाघेको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख ५८ हजार ८ सय २ पुगेको छ।

त्यसैगरी बेलायतमा बुधबार कोरोना संक्रमणबाट ६ सय ४९ जनाको ज्यान गएपछि त्यहाँ मृतकको संख्या ३० हजार नाघेको छ। त्यस्तै ब्राजिलमा बुधबार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा ३२३, इटालीमा ३६९, स्पेनमा २४४, फ्रान्समा २७८, क्यानाडामा १८०, मेक्सिकोमा २३६ जनाले ज्यान गुमाएका छन्।

भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ।

बुधबार एकै दिन भारतमा ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्। नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना निको भएर घर फर्केका छन् ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०८:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...