back
NMB ad

लकडाउन थपिएसंगै सित्तैमा कण्डम डेलिभरी, यसरी गर्नुहोस अडर !

Kumari bank ad

एजेन्सी । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ ।

कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।

‘यो स्वास्थ संकटका बेला हाम्रो समुदायलाई नचाहेको गर्भ रहन, सरुवा यौन रोग र एचआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएका छौं,’ मिचिगन स्वास्थ विभाग तथा मानव सेवाकी प्रवक्ता लायन सुत्फिनले एमलाईभ डटकमसँग भनेकी छिन् ।

सुत्फिनका अनुसार मिचिगनवासीहरुले इमेल ठेगाना मार्फत कण्डमको अर्डर गर्नसक्छन् । कण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । सुफिनका अनुसार प्रत्येक प्याकेजमा १० वटा कण्डम र लुब्रिकेशनको १० प्याकेट हुन्छ ।

इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पुर्याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क कण्डम उपलब्ध गराउने गरेको थियो । तर लकडाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको हो ।

मिचिगनमा भर्खरै मात्र घरमै बस्न दिइएको निर्देशनको विरोधमा प्रदर्शन भएको थियो । हतियारसहितका प्रदर्शनकारीले गत बिहीबार मिचिगन स्टेट हाउसअगाडि लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

कोरोना महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । त्यहाँ हालसम्म १२ लाख ६३ हजार ९२ जना संक्रमित भेटिएकामा ७४ हजार ७९९ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०८:२३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...