काठमाडौँ । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।
वि.सं.२०७७ असार २३ मंगलवार ०८:५१ मा प्रकाशित