back
NMB ad

गलकोटको आगाँखेत-बामियाँ जोड्ने झोलुङ्गे पुल शिलान्यास

Kumari bank ad

थम्मन थापा बागलुङ । बागलुको गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास पछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह गर्नुभयो ।

गैरेले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिका नगरको सम्बृद्धिमा सदैव तत्पर रहँदै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो ।

बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुनेछ ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, झोलुङ्गेपुल निर्माण समितिका संयोजक नर बहादुर थापा मगरले मन्तव्य राख्नु भएको थियो ।

आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुने उपभोक्ता समितिका सदस्य टेकनाथ गौतमले जानकारी दिनुभयो । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिनुभयो । यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

वि.सं.२०७७ साउन ४ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...