काठमाडौं । शेयर बजारसँग सम्बन्धित निकायहरुलाइ आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ ।
बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायीहरुलाई परिपत्र गरी निर्देशन दिएको हो । बोर्डले संस्थाकै खर्चमा कार्यरत सम्पुर्ण कर्मचारीको कारोना बीमा गराई सो को जानकारी बोर्डमा पेश गराउन भनेको छ ।
त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने र निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
वि.सं.२०७७ भदौ १ सोमवार १६:१८ मा प्रकाशित