काठमाडौं । सोमबार ६ अर्ब रुपैंया बराबरको ट्रेजरी बिक्री हुने भएको छ । नेपाल सरकारको बजेटले निर्देशित गरेको आन्तरिक ऋणको सञेत जुटाउन अल्पकालीन लगानीको रुपमा रहको बिल नेपाल राष्ट्र बैंकले सोमबार बिक्री बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो ।
सो बिलमध्ये ४ अर्ब रुपैयाँ बराबरको ९१ दिने र २ अर्ब रुपैयाँ ३ सय ६४ दिने बिल बिक्री हुन लागेको हो । उक्त बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरु सहभागी हुन सक्नेछन् । उनीहरुमध्ये सबैभन्दा कम डिस्काउन्ट प्रस्ताव गर्नेले उक्त बिल खरिद गर्न पाउँछ ।
यसअघि यही २२ गते २८ दिन र ९१ दिन अवधि भएका बिलहरु बिक्री गरिएको थियो । ती बिलहरुको भारित औसत छुट दर ०.२६५३ प्रतिशत र ०.६५३१ प्रतिशत रहेको थियो ।
वि.सं.२०७७ मंसिर २८ आइतवार १७:०६ मा प्रकाशित