back
NMB ad

पुँजी बजार फोरम पहिलो पटक गठन

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजी बजार फोरम विस्तार भएको छ ।

बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समय सापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघमा पुँजी बजार फोरम पहिलो पटक गठन भएको हो ।

नवगठित फोरमका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रमशरण थपलिया चुनिएका छन् ।
त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि.का अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ड बैकिङ्ग लि.का संचालक विष्णु प्रसाद बस्याल, ओरल एडभरटाईजिङ्ग एजेन्सीका प्रवन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटि प्रा.लिका प्रवन्धक ज्योति दाहाल रहेका छन् । एनआरएन इनफ्रास्टक्चर लिमिटेडका कार्यकारी अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिज प्रा.लि.का प्रवन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन् । भने फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट रहेका छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा फोरम मार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । साथै अध्यक्ष गोल्छाले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाटपनि योगदान दिन सकियोस भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष अंजन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम संचालन गर्न सम्बन्धित पक्षसंग समन्वय गर्ने कार्यमा फोरम सक्रियरूपमा लाग्ने विश्वास प्रकट गरे । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ११ आइतवार १०:०७ मा प्रकाशित

You can share this post!

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...