back
NMB ad

आयात विस्थापन गर्ने गरी पूर्वाधार तयार पार्नु, सरकारको साथ रहन्छः राष्ट्रपति भण्डारी

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई नेपाल उद्योग परिसंघले उठाएको बताउनु भएको छ ।

नेपाल उद्योग परिसंघले अगाडि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको विषयमा शुक्रबार शितल निवासमा कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनु पर्ने बताउनु भएको छ । नीजि क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनु पर्ने उहाँको भनाई छ ।

राष्ट्रपतिबाट सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नको लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडि बढीरहेको धारणा राख्नुभयो ।

राष्ट्रपतिले कतिपय उत्पादनहरु देशका मौलिक पहिचानसँग सम्बन्धित भएपनि स्वदेशमा उत्पादन नभएको तर्क गर्दै उद्योगी व्यवसायीहरुले त्यसतर्फ ध्यान पु¥याउनु पर्ने सुझाव दिनु भयो ।

नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै नीजि क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनु पर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले नीजि क्षेत्र स्पष्ट भएर अगाडि आउनु पर्ने र आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राख्नुभयो । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियान के हो र यस अभियानलाई अगाडि बढाउनको लागि परिसंघको अवधारणाको जानकारी गराउनु भयो । छलफलमा परिसंघको तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडि सारेको अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनु पर्ने बताउनु भयो ।

छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु भयो ।

डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पूँजी खर्च, सेवाक्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने र स्थानिय उत्पादनलाई वैदेशिक बजार खोज्ने सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराउनु भयो ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन २१ शुक्रवार १९:०२ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...