काठमाडौं । आज (चैत १६ गते) सुनको मूल्य सामान्य बढेको छ । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार हुने छ । अघिल्लो कारोबार दिन ८६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।आज तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १२ सय ३० रुपैयाँमा खरिदविक्री भएको थियो ।
वि.सं.२०७७ चैत १६ सोमवार ११:१९ मा प्रकाशित