काठमाडौं । यस साता सुनको मूल्य बढेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ ।
यस साताको पहिलो कारोबार दिन चैत २२ गतेदेखि २७ गतेसम्म आउँदा उक्त रकमले वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्त्यसम्म आउँदा ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, यस साता चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस साता चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन तोलाको १२ सय ४० रुपैयाँ खरिद विक्री भएको थियो । साताको अन्त्यसम्म आउँदा १२ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ चैत २७ शुक्रवार १४:२७ मा प्रकाशित