back
NMB ad

सेबोनले विनियमावली संशोधन नगर्दा ब्रोकरले साउन १ गतेदेखि टीएमएस सञ्चालन गर्न पाएनन् !

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कारण ब्रोकर कम्पनीले साउन १ गतेदेखि कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न नसक्ने भएका छन् ।

बोर्डले विनियमावली समयमा नै संशोधन नगरेका कारण ब्रोकरले टीएमएस लागु गर्न नसकेका हुन् । यसअघि नै नेप्सेले आवश्यक कार्यविधि बनाएर बोर्डमा पठाएको थियो । बोर्डले कार्यविधि भन्दा पनि विनियमावली बनाएर पठाउनु भनेपछि पुन: नेप्सेले विनियमावली बनाएर गत चैतमा नै बोर्डमा पठाएइसकेको जनाएको छ । उक्त विनियमावली बोर्डले समयमा नै पारित नगरेका कारण साउन १ गतेबाट ब्रोकर कम्पनीले टीएमएस सञ्चालन गर्न नसकेका हुन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले अहिलेसम्म विनियमावली पास भएर नआएका कारण साउन १ गतेदेखि टीएमएस सञ्चालनमा ल्याउन नसक्ने बताउनुभयो । उहाँका अनुसार टीएमएस लागु गर्न विनियमावली आएको कम्तिमा पनि दुई देखि तीन महिना समय लाग्नसक्छ । मैनालीका अनुसार १० भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको टीएमएस ल्याएर संचालन गर्न खोजेपनि नीति समयमा नै नआएका कारण ढिला भएको हो ।

अहिलेको प्रणालीमा केही जोखिम तथा समस्या भएका कारण साउन १ गतेबाट ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भनेर लागेपनि विनियमावलीका कारण त्यो सम्भव नभएको उहाँको भनाई छ । एसोसिएनसले चैत ३० गते नै मोबाइल एप्लिकेशनसहितको
मल्टी एक्सचेञ्ज ट्रेडिङ प्लाटफर्म रहेको प्रणाली जसमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने गरी टीएमएस ल्याउने भनेर विज्ञप्ति नै जारी गरेको थियो ।

‘तत्कालिन समयमा हामीले टीएमएस ल्याउने भनेर विज्ञप्ति जारी गर्दा केही समयमा नै आवश्यक नीतिगत व्यवस्था हुन्छ होला भन्ने लागेको थियो’ उहाँले भन्नुभयो ‘त्यो बेला हप्ता, १० दिनमा कानूनी आधार तयार हुन्छ भनिएको थियो, त्यही अनुसार काम भइदिएको भए साउन १ गतेबाट लागु गर्न सक्ने सम्भावना थियो । अहिलेसम्म नीतिगत व्यवस्था नभएका कारण तोकिएको मितिबाट टीएमएस सञ्चालनमा ल्याउन नसकिएको हो ।’

बोर्डले विनियमावली पास गरेर नेप्सेले कार्यान्वयनमा ल्याएपछि पनि ब्रोकरले आवेदन दिने, आवेदन परेपछि नेप्सेले आवश्यक काम–कारबाही अघि बढाउन समय लाग्ने, ल्याएको सिस्टम परिक्षण गर्न समय लाग्नेछ । त्यसको लागि कम्तिमा तीन महिना समय चाहिने नेप्सेको भनाई छ ।

नेप्सेले पठाएको विनियमावलीमा यसअघि बोर्ड र नेप्सेले एक चरण छलफल पनि गरिसकेका छन् । अहिले बोर्डले विनियमावली अध्ययनको क्रममा रहेको जानकारी गराएको छ ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार नेप्सेबाट आएको विनियमावलीको अध्ययन जारी रहेको । अध्ययन सकेर बोर्डको सञ्चालक समितिमा पेश हुने उहाँले जानकारी गराउनुभयो । अब बस्ने सञ्चालक समितिको बैठकमा यो विषय पेश गर्ने र सञ्चालक समितिले छलफल गरेर पारित गरेपछि कार्यान्वयनमा लैजाने तयारी रहेको बोर्डका अर्का एक अधिकारीले जानकारी गराउनुभयो ।

वि.सं.२०७८ असार १८ शुक्रवार १८:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...