back
NMB ad

यी हुन् आज सर्वाधिक सेयर बिक्री भएका कम्पनीहरु, लगानीकर्ता झुम्मिदा कुनको कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । साताको चौंथो कारोबार दिन तीन कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । बुधवार छिमेक लघुवित्त, अप्पर तामाकोशी र हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी छिमेक लघुवित्तको ४३ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज २ लाख ६८ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ६९९ रुपैयाँ रहेको छ ।

उक्त दिन कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अप्पर तामाकोशीको २६ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबर सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको ३ लाख ८१ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।

यस्तै, बुधवार हिमालयन डिस्टीलरीको २३ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको ४२ हजार ६३७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४६२ रुपैयाँ रहेको छ ।

त्यसैगरि आज नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख ४८ हजार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ करोड ९८ लाख , नेपाल टेलिकमको ११ करोड ६९ लाख ५४ हजार, निफ्राको १० करोड ९३ लाख ७६ हजार र एनआईसी एशिया बैंकको १० करोड ४० लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...