back
NMB ad

मेलम्ची क्षेत्र अझै जोखिममा, जुनसुकै समयमा फेरी बाढी आउन सक्छ !

Kumari bank ad

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतीको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरी पनि वाढी पहिरो जानसक्ने औल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।
मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी वाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जीयोलोजिष्ट शिव बास्कोटाले बताए । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको ‘हाकाहाकी बहस’मा उनले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताए ।

‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरु धेरै गएको देखिन्छ ।’ उनले त्यसभन्दा माथि अझै पहिरोहरु बगीरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरु बढीरहेकोले जोखिम बढी रहेको बताए । उनले भने, ‘मनसुन अवधीभर जुनसुकै समयमा फेरी वाढी आउन सक्छ ।’

भेमाथाङसंगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरु जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको उनले बताए ।

भेमाथाङमा जम्मा भएको गेग्रान र त्यभन्दा माथिको पहिरोहरु अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरुको अध्ययन गरिरहेका अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए । ‘ताउते र यास सामूद्रीक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि वाढि पहिरो गएको देखिन्छ,’ उनले भने, ‘८ हजार ८ ७० क्यूविक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिँउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रुपमा पनि लिन सकिन्छ ।’

यसैगरी मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको देखिन्छ । त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको देखिन्छ । चार सय मिटरको पहिरो बग्दा नदीमा ठूलो प्रवाह भई मेलम्ची बजार क्षेत्रमा ठूलो क्षती पुगेको देखिन्छ । जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस बढी जोखिममा रहेका छन् ।

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए ।

यसैगरी काठमाडौं विश्वविद्यालयकी एशेसियट प्रोफेसर डा रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरु अपनाउनु पर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै सिनियर भूगर्भविद् विशाल नाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हरेक ४–५ वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षती न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘हाइड्रो पावरहरुले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’

विशेषज्ञहरुले गरेका अध्ययनहरुलाई आम मानिसमा सूचना प्रभाह गर्नका लागि सञ्चारकर्मीहरुले विशेष ध्यान दिनुपर्नेमा नेवापसका अध्यक्ष कसमस विश्वकर्माले जोड दिए । ‘नेपालको भौगर्भिक अध्ययन गरेका वैज्ञानिक अध्ययन प्रतिवेदनहरुलाई सरलीकृत गरी जनतसम्म सूचना प्रवाहमा पत्रकारमा भूमीका निर्वाह गर्नेछन,’ उनले भने, ‘त्यसका लागि वैज्ञानिक अध्ययनहरु पनि व्यापक रुपमा हुनुपर्ने छ ।’ नेफेजले वैज्ञानिक अध्ययनहरुलाई जनतासमक्ष प्रवाह गर्ने काममा सधैँ सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

वि.सं.२०७८ साउन ३२ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...