काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्वीजिशनको नाममा साढे ४ अर्ब रुपैयाँ राजस्व छलि भएको छ ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्जजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदन २०७८ मा उक्त कुरा उल्लेख रहेको छ ।
आयकर ऐन २०५८ को अनुसुची १ को दफा २ को उपदफा २ बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एंव ब्याज समेत छानविन गरी कर निर्धारण एव असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिवेदनमा बिजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले उपुक्त बमोजिम लाभ देखाई आयकर तिर्नुपर्नेमा सो नगरेकोले ती वाणिज्य बैंकहरुको लाभ १४ अर्ब ९३ करोड ३ लाख रहेको देखिएको छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:२४ मा प्रकाशित