back
NMB ad

पोखराका २६ स्थानमा ट्राफिक लाईट राख्दै सडक विभाग

Kumari bank ad

पोखरा । सडक विभागले पोखराका विभिन्न २६ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान (चोक)मा र दोश्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले एक वर्षअघि पहिलो चरणको बत्ती राख्नेगरी अध्ययन गरेको थियो । यही क्रममा केही महिनाअघि महेन्द्रपुलमा बत्ती राखिएको हो । तर सडक राम्रो नभएकोले प्रयोगमा आएको छैन ।

यही वर्ष पृथ्वीचोक, सभागृहचोक, बिपी चोक, बिरौटा चोक, अमरसिंह चोक, जिरो किलोमिटर, हल्लनचोक, सिर्जनाचोक र राष्ट्र बैंक चोकमा बत्ती राखिने महानगरपालिकाले जनाएको छ । प्रत्येक चोकमा बत्ती राख्न २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणमा तीन करोड लागत अनुमान गरिएको छ । ‘पहिलेको अध्ययनमा २२ लाख लाग्ने अनुमान थियो । अहिले लेटेस्ट भर्सनको बत्ती राख्ने योजना छ । त्यसैले लागत बढेको हो,’ पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यहीँ वर्ष टेण्डर निकालेर काम सक्ने कुरा छ ।’

उनका अनुसार थप १५ वटा चोकमा पनि अध्ययन सुरू भएको छ । सडक बत्ती राख्न महानगर र सडक विभागबीच छलफल भएको छ ।
२०५८ सालमा सडक बत्ती राखिए पनि विभिन्न आन्दोलनमा बत्ती फुटाइयो । त्यसपछि बत्ती राखिएको छैन । अन्तराष्ट्रिय सहर पोखरामा सडक व्यवस्थापन राम्रो छैन । दैनिक ट्राफिक चाप बढ्दै गएको छ । दुई वर्षअघि यहाँका चोकहरूको आइल्याण्ड घटाइएको थियो । चोकमा भएका शालिकलाई विभुति पार्क बनाएर सारिएको छ । ट्राफिक लाईटसँगै विद्युत प्राधिकरणले पोखरामा स्मार्ट बत्ती राख्ने टेण्डर निकालेको छ । ८० किलोमिटर सडकमा स्मार्ट बत्ती राख्ने तयारी गरेको हो ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १३:४३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...