काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
दुवै कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लािग नेपाल राष्ट्र बैंकबाट कात्तिक १ गते सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।
दुबै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जर सम्बन्धी सम्झौता भएको थियो।
वोमी लघुवित्तको हाल चुक्ता पुँजी ४१ करोड १९ लाख र सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ कात्तिक २२ सोमवार १०:०३ मा प्रकाशित