back
NMB ad

सहकारी बैंकले भन्यो,‘बचत फिर्ता र कर्जा प्रवाहमा समस्या छैन, सिडी ७९% मा

Kumari bank ad

चितवन । राष्ट्रिय सहकारी बैंकले अहिलेको तरलता संकट गहिरीरहदा पनि बचत फिर्ता र कर्जा प्रबाहमा कुनै समस्या नभएको दावी गरेको छ । तरलता अभावको कारण बैंकहरुले कर्जा लगानी रोक्नुको साथै ठुलो रकम सोहि दिन दिन नसकिरहेको बेला सहकारी बैंकले भने बचत फिर्तासँगै कर्जा लगानी समेत गरिरहेको प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईको दावी रहेको छ ।

सहकारी बैंक र नेपाल सहकारी समाजको संयोजनमा भएको सहकारी हरुको भ्रमणमा रहेका संचारकर्मिहरुसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईले तरलता अभावले सहकारीमा कर्जा लिन आउनेहरूको संख्या बढेको बताए। बैंकमा करिब ५० अर्ब निक्षेप रहेको र ३९ अर्ब कर्जा लगानी रहेको जनाएको छ ।

बैंकले सोही बेला विज्ञप्ति जारी गर्दै मंसिर २५ गतेको वित्तीय विवरण अनुसार बैंकको तरलता अवस्था १७.७३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.१६ प्रतिशत ( शेयर पूंजी तथा कोषको रकम बाहेक ) कायम रहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशतसम्म हुनुपर्छ तर बैंक नियामकीय व्यवस्था भन्दा झण्डै ११ प्रतिशत सहज अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै राष्ट्र बैंकले तोकेको न्यूनतम पूंजीकोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा बैंकको पूजीकोष अनुपात ९.५१ प्रतिशत रहेको र यसले बैंक तरलताको कति सहज अवस्थामा छ भन्ने कुरा स्पष्ट पारेको पनि सिइओ गुरागाईले जानकारी दिए ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १७:०१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...