back
NMB ad

कस्तो हो ‘स्कोडा कुशाक’ गाडी ? यस्तो छ मूल्य र फिचर

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा स्कोडाको एसयुभी ‘स्कोडा कुशाक’ गाडी एमएडब्लु इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आईरहेको छ ।

नेपाली बजारमा यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ । यसको सिट क्षमता ५ रहेको छ ।

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका अनुसार यो १.० लिटर टीएसआई पेट्रोल इन्जिनद्वारा संचालित रहेको छ ।

यो ५० लिटर फ्यूल ट्याक क्षमता र अटोकेटिक ट्रान्समिशन र ६ स्पीड म्यानुअल रहेको छ । कम्पनीका अनुसार यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको छ । यसका साथै ह्विलबेस २६५१ एमएम र ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

कुशाकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब–वुफरसहितको सिक्स स्पिकर , टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टिफंसन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, कि–लेस इन्ट्री स्टार्ट र एक्जिट सिस्टमलगायत विशेषता कुशाकमा छन् ।

गाडीमा सुरक्षाका लागि छ वटा एअरब्याग, रियर पार्किङ क्यामरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । गाडीमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक छ ।

यो गाडीको बुट क्षमता ३८५ लिटर छ रहेको छ । स्कोडा कुशाकको मूल्य नेपाली बजारमा मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाखसम्म निर्धारण गरिएको छ ।

जसमध्ये एक्टीभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बीशन एमटीको ५३ लाख ९० हजार, एम्बीशन एटी ५८ लाख ९० हजार, स्टाईल एमटी ६० लाख ९० हजार र स्टाईल एटीको ६५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यो गाडी नेपाली बजारमा विभिन्न ५ रंगमा उपलब्ध छ । यो गाडी रातो, कालो, सेतो, चाँदी र सुन्तला रंगमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १७:१९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...